2009年10月4日日曜日

सेना त सेना तर अर्कै सेना


सेनाको पहिरनमा देखिएका यी मानिसहरु देशका सेना भने हैनन्। यिनीहरु जातिविशेषका सेना हुन्। हजुर, यिनीहरु हुन् लिम्बुवान भोलिन्टियर्सका सेना। सैनिक पहिरनमा यसरी परेड गर्नु गैर कानुनी भए पनि सरकारले ल्याउन लागेको विशेष सुरक्षा योजनाको विरोधमा गत साता धरानमा उनीहरु यसरी उत्रेका हुन्। यो योजना जनजातिलाई दबाउनका लागि ल्याइएको जिकिर उनीहरुको छ। 

0 件のコメント: